newskoseli.Com

घुमेको घुम्यै मन्त्री ज्ञवाली : १३ पटक त जापान मात्रै पुगे !

मन्त्रीहरुको कार्यसम्पादनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा मन्त्रीहरूलाई र्‍याखर्‍याख्ती पारिरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने जापानमा डुलिरहेका थिए ।

पाँच दिनका लागि गएका उनी टोकियो, ओसाकालगायत केही सहर घुमे । शुक्रबार काठमाडौं आइपुग्ने उनी सम्भवतः चाँडै अर्को देश जानेछन् किनकि उनी प्रायः घुमेको घुम्यै गर्छन् । मन्त्रालय सम्हालेको ८ महिनामा ६४ दिन त मन्त्री ज्ञवालीले विदेशमै बिताइसके । यस पटकको जापान भ्रमण उनको त्यहाँ १३औं पटकको भ्रमण हो ।

विदेशतिर सरकारका सदस्यहरु भ्रमणमा निस्कँदा जरुरतलाई ख्याल राख्छन् । पाकिस्तानका प्रधानमन्त्री इम्रान खान बुधबार मलेसिया गए, बिहीबार फर्के । आवश्यक ‘डिल’ एकै दिनमा सके । मलेसियाका मानव संशाधनमन्त्री एम कुला संगेरा तीन साताअघि काठमाडौं ओर्लिए, भोलिपल्टै क्वालालम्पुर पुगे । नेपालमा गरेको सम्झौता र त्यसले सम्बन्धमा बढाएको प्रभाव क्वालालम्पुर पुगेर सुनाए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् वा अन्य मुलुकका विशिष्ट पाहुना नेपाल आउँदा समयमा मितव्ययी बन्छन् । तर, हामी त्यसबाट सिक्ने होइन, फुर्सद मिलेको झैं विदेशी सहर घुमेरै बिताउँछौं भन्ने खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर