newskoseli.Com

पेट्रोलियममा उपभोक्ता ठग्नेमाथि एक वर्ष कैद

पेट्रोल पम्पको मदरबोर्डमा सफ्टवेयर राखेर इन्धनमा ठगी गर्ने तीन व्यवसायीलाई एक वर्ष कैद सजायको निर्णय हुने भएको छ ।

गुणस्तर तथा नापतौल विभाग अन्तर्गतको बारास्थित क्षेत्रीय कार्यालयले कलैयामा रहेका विजय आयल स्टोर, मोहम्मद आयल स्टोर र श्रीशंकर आयल स्टोरलाई १० हजार रुपैयाँ जरिवानासहित १ वर्ष जेल सजाय गर्ने भएको छ । दसैंअघि ३ पम्पमा अनुगमन गर्दा सफ्टवेयर राखेर ठगी गरेको भेटिएको जानकारी कार्यालयका प्रमुख शशीभूषण यादवले दिए ।

‘१० लिटरको भाँडामा परीक्षण गर्दा विजय आयल स्टोरले ४ सय मिलिलिटर, मोहम्मद आयल स्टोरले ४० मिलिलिटर र श्रीशंकर आयल स्टोरले ५० मिलिलिटर ठगी गरेको भेटिएको थियो,’ उनले भने– ‘यति धेरै परिमाणमा तेल ठगेको पाइएपछि सुरुमा आश्चर्य लाग्यो, बुझ्दै जाँदा सफ्टवेयर जडान गरेर ठगेको पत्ता लाग्यो ।’

उपभोक्ता ठग्ने पेट्रोलियम व्यापारीमाथि कारबाहीबारेको यो खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर