newskoseli.Com

कंसाकारको ‘हल्का’ जवाफ, मन्त्रीका पीएकहाँ सांसदको भीड !

वाइडबडी जहाज प्रकरणमा नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले सांसदहरुलाई असाध्यै हल्का जवाफ दिएका छन् ।

शुक्रबार संसदको अन्तर्राष्ट्रिय समितिले छलफलका लागि कंसाकारलाई बोलाएको थियो । समितिको बैठकमा उनले भनेका थिए– ‘एउटा पत्रिकाले वाइड बडीको लालपुर्जा छैन भनेर लेख्यो, त्यो पढेर हामी कोठाभित्र हाँसिरहेका थियौं । पारदर्शिता भनेको सबै डकुमेन्ट असनमा लगेर छरिदिनु हो ?’

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका स्वकीय सचिव (पीए) को कार्यकक्षमा सांसदहरुको भीड लाग्ने गरेको छ । कर्मचारीहरुको सरुवाका लागि मन्त्रीको पीएकहाँ सांसदहरु यसरी झुम्मिने गरेका हुन् ।

मन्त्री पण्डित कार्यकक्षमा थिएनन्, उनी प्रदेश– १ गएका थिए त्यसैले भेट्न आउनेहरु स्वकीय सचिव वरिपरी झुम्मिएका थिए । ‘हामीले भनेको मान्छे किन सरुवा नभएको ?’ कोही उनलाई केरकार गरिरहेका थिए, कोही सरुवा गर्नुपर्ने कर्मचारीको नाम टिपाइरहेका थिए । स्वकीय सचिव भने खुरुखुरु टिपिरहेको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर