newskoseli.Com

को–को हुन् सामाजिक सञ्जालका ‘टप फाइभ सेलेब्रिटी’ ?

नेपालका टप फाइभ सेलेब्रिटीहरुको पहिलो नम्बरमा नायिका रेखा थापा छिन् । उनका फेसबुक फलोअर्स ३२ लाख ८० हजार छन् ।

कलाकारहरुतर्फ फेसबुकमा नायिका प्रियंका कार्की, गायिका अन्जु पन्त, लोक गायिका मुना थापामगर र नायिका नम्रता श्रेष्ठ छन् ।

यसैगरी, ट्विटरमा टप फाइभको पहिलो नम्बरमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई छन् । उनका ट्विटर फलोअर्स १० लाख ४० हजार छन् । त्यसपछि क्रमशः नेपाली कांग्रेसका गगन थापा, विवेकशील साझाका रवीन्द्र मिश्र, राप्रपाका कमल थापा र नेपाली कांग्रेस निकट नायिका मनीषा कोइराला छिन् ।

युट्युब र इन्स्टाग्राममा सबैलाई मोमिस तामाङले उछिनेका छन् । युट्युबमा उनको ५४ लाख ८२ हजार सब्सक्राइब देखिन्छ भने इन्स्टाग्राममा उनलाई १३ लाख ५ सयले फलो गरेको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर