newskoseli.Com

आईजीपीको चेतावनी : ‘सेटिङका दिन सकिए’

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले वैदेशिक रोजगारीमा हुने गरेका अवैधानिक क्रियाकलाप बन्द गरिने बताएका छन् ।

शुक्रबार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईको वार्षिक भेलामा बोल्दै वैदेशिक रोजगारीका सेटिङ अब अन्त्य हुने उनले बताएका हुन् । गतल गर्नेहरू अब सच्चिनुपर्ने भन्दै परदेशमा भएका नेपालीले देशको शिर निहुराउने आपराधिक क्रियाकलापमा नलाग्न पनि उनले अनुरोध गरे ।

एनआरएनले परदेशमा नेपालको प्रतिष्ठा बढाएको र रेमिट्यान्सबाट देशको अर्थतन्त्रमा सहयोग गरेको धारणा समेत आईजीपीले व्यक्त गरे । इन्टरपोलको ८७औं महासभामा भाग लिन युएई आएका बेला उनी एनआरएनको कार्यक्रममा सहभागी भएका हुन् ।

उनले भने– ‘नेपाल सरकारले अहिले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ को भावनालाई पूरा गर्न परदेशमा रहेका नेपालीको सीप–क्षमताको आवश्यकता छ । देशमा लगानीको वातावरण रहेको छ । लगानीको सुरक्षाका लागि सरकारले ठोस कदम चालेको छ ।’

कार्यक्रममा उनीसँगै सीआइबीका निर्देशक डीआर्इजी नीरज शाही, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी, एसपी देउती गुरुङको पनि सहभागिता रहेको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर