newskoseli.Com

राजधानीमा विप्लवको जनसभा, क–कसले गर्दैछन् सम्बोधन ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शनिबार काठमाडौंमा जनसभा गर्दैछ । भृकुटीमण्डपमा हुने जनसभाका लागि देशैभरबाट कार्यकर्ता काठमाडौं भेला भएका छन् ।

जनसभामा ५० हजार नागरिकको सहभागिता रहने नेकपाले जनाएको छ । दिउँसो साढे १२ बजेदेखि लैनचौर, बबरमहल र कालीमाटीबाट र्‍याली निस्कने क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए । उनका अनुसार देशैभरबाट कार्यकर्ताहरू राजधानी आएर जम्मा भइसकेका छन् ।

जनसभामा प्रमुख वक्ताका रूपमा खड्गबहादुर विश्वकर्माले सम्बोधन गर्नेछन् । नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पनि सभालाई सम्बोधन गर्ने जानकारी नेकपाका केन्द्रीय सदस्य चिरन पुनले दिएका छन् ।

नेता पुनले भने– ‘पार्टीको स्थायी कमिटीको निर्णयबाटै खड्गबहादुर विश्वकर्मा कमरेडलाई प्रमुख वक्ता तोकिएको हो । विप्लव कमरेड नेपालमै हुनुन्छ ।’ नेकपाको जनसभासम्बन्धी यो खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर