newskoseli.Com

नारायणहिटीका थप १० कक्ष खुला : कुन–कुनमा के–के ?

खुल्न बाँकी रहेका नारायणहिटी दरबारका १० वटा कोठा खुला गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको पहलमा गठित समितिले यी कक्ष खुलाएको हो । तत्कालीन बडामहारानीले शृङ्गार गर्ने सिन्धुली कक्ष, अन्य व्यक्तिले राजासँग भेट गर्ने झापा कक्ष, प्रधानमन्त्रीले सातामा एकपल्ट भेट्नका लागि खोलिने इलाम कक्ष खुला भएका हुन् ।

यस्तै, जनै पूर्णिमामा शाही परिवारले जनै र डोरो बाँध्न मात्र प्रयोग हुने गरेको सुनसरी कक्ष, युवराज–युवराज्ञीको जन्मोत्सवमा मुमा रत्नबाट भोज गर्ने गरिएको सप्तरी कक्ष र खाना खानुअघि भलाकुसारी गर्ने गरिएको सिरहा कक्ष पनि खुला गरिएका छन् ।

सिनेमा हल, पुस्तकालय र शाही परिवारले दारी–जुँगा मिलाउने सैलुन कक्ष भने अझै खुल्न बाँकी छन् । यसबाहेक राजा वीरेन्द्रको निवास श्रीसदन पनि खुल्न बाँकी नै छ ।

पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार जगमान गुरुङ, दामोदर गौतम, मदन रिमाल, रोहित ढुङ्गाना र अद्वैतप्रकाश श्रेष्ठ सम्मिलित समितिको सुझाव अनुसार सरकारको निर्देशनपछि सर्वसाधारणको अवलोकनका लागि यी कोठा खुला गराइएको खबर शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर