newskoseli.Com

‘भीख माग्न’ पशुपतिमा बसे युवा, भन्छन्– ‘राष्ट्रपतिलाई गाडी दिन्छौं…’ !

१८ करोड रुपैयाँभन्दा बढी खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि विलाशी गाडी खरिद गर्ने सरकारी तयारीको विरोधस्वरुप केही युवाहरुले पशुपति मन्दिर परिसरमा ‘भीख’ मागेका छन् ।

सांकेतिक विरोधमा युवाहरुले पशुपतिनाथ मन्दिर परिसरमा ‘भीख’ मागेका हुन् । आफूहरु सरकारके यस कदमविरुद्ध सांकेतिक विरोधस्वरुप ‘भीख’ माग्न पशुपति क्षेत्रमा पुगेको यज्ञ ढकालले बताए । शनिबार बिहान ११ बजेदेखि २ घन्टासम्म उनीहरुले ‘भीख’ मागेर २ हजार ३ सय ५० रुपैयाँ संकलन गरेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय स्वतन्त्र युवा ‘भीख’ माग्न शनिबार पशुपति क्षेत्रमा पुगेका हुन् । ‘भीख’ माग्ने सो कार्यक्रममा करिव दुई सय युवा सहभागी भएको ढकालको भनाइ छ ।

यो रकमबाट नमूना गाडी बनाएर राष्ट्रपतिलाई उपहार दिने योजना रहेको ढकालले बताए । गाडी बनाउनेबारे इन्जिनियर युवाहरुसँग छलफल भइरहेको उनले बताएको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर