newskoseli.Com

‘सुरुङ खनेरै चीन जोड्ने’ प्रधानमन्त्रीको घोषणा : यसरी भयो अलपत्र !

प्रधानमन्त्री केपी शर्मा ओली ८ महिनाअघि चिनियाँ राजदूतलाई सँगै लिएर लामाबगर आउँदा निर्माणाधीन लामाबगर–तिब्बत सीमाना सडकको स्थलगत अवलोकन गरे ।

निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधमै पुगेर अवलेकनपछि सडकको महत्त्वका बारेमा जानकारी लिएलगत्तै प्रधानमन्त्री ओलीले घोषण गरे– ‘ढुक्क हुनोस्, ६–७ किलोमिटर सुरुङमार्ग खनेरै भए पनि अब चाँडै नै लामाबगरदेखि तिब्बत नाका जेडिन्छ ।’ त्यही बेला उनले भन्न भ्याए– ‘यो नाका चीनसँग नायाँ खोल्ने नाकाहरुमध्येको उच्च प्राथमिकतामा छ ।’

प्रधानमन्त्रीले स्थलगत रुपमै पुगेर गरेको घोषणापछि सीमा क्षेत्रका स्थानीयदेखि समग्र जिल्लावासी नै हर्षित भए । तर, प्रधानमन्त्रीले गरेको घोषणा विपरीत ८ महिनापछि सडकको नियमित आइरहेको बजेट समेत काटेर निर्माणाधीन काम समेत रोक्न सडक विभागले निर्देशन दियो । विभागको निर्देशनपछि अहिले उक्त सडक अलपत्र पर्ने अवस्थामा रहेको खबर आइतबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर