newskoseli.Com

राष्ट्रपतिलाई ‘डिस्टर्ब’ : ‘राष्ट्रिय चर्चा’ !

राष्ट्रपति भवनसँगैको प्रहरी तालिम केन्द्रमा प्रहरीले गोली पड्काएको आवाजले राष्ट्रपतिलाई ‘डिस्टर्ब’ भएको घटना अहिले राष्ट्रिय चर्चाको विषय बनेको छ ।

राष्ट्रपतिलाई ‘डिस्टर्ब’ नै भएपछि त त्यो राष्ट्रिय चर्चाको विषय बन्नु स्वाभाविक पनि हो ।

सर्वसाधारण जनतालाई ‘डिस्टर्ब’ भएको भए त्यो अर्कै विषय हुन्थ्यो । तर, नबुझेको कुरो के रह्यो भने प्रहरीले गोली पड्काउन थालेको अहिले होइन । धेरै अघिदेखि नै प्रहरीले गोली पड्काउँदै आइरहेको छ । तर, ‘डिस्टर्ब’ चाहिँ अहिले आएर मात्र किन भएको हो ?

काठमाडौंमै कति वटा आन्दोलनमा प्रहरीले गोली पड्काएकै थियो । प्रहरीको त्यही गोली लागेर कति नागरिक ढलेकै थिए । तर, त्यतिबेला त ‘उपल्लो तह’ लाई ‘डिस्टर्ब’ भयो भन्ने कुरा आएन ।

मधेसमै हेर्नुहोस्, मधेसी जनता अधिकार माग्न सडकमा ओर्ले कि प्रहरीले पटापट गोली पड्काइहाल्छन् । कति आन्दोलनकारी त्यहीं ढलेको ढल्यै हुन्छन् । खै, त्यतिबेला पनि राष्ट्रपतिलाई ‘डिस्टर्ब’ भयो भन्ने कुरा सुनेको थिइँन ।

सुरेश किरणको बाइलाइनमा यो ‘झटारो’ आइतबारको नेपाल साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर