newskoseli.Com

रेणु बैठकमै धरधरी रोइदिएपछि…

पार्टीको कार्यसम्पादन समितिको बैठकमै धरधरी रोइदिएपछि संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले माफी पाएकी छन् ।

उनको यो माफीसँगै फोरमले रेणुलाई कारबाही गर्ने प्रस्ताव औपचारिक रुपमै फिर्ता लिएको छ । बिहीबार बसेको पार्टीको कार्यासम्पादन समितिको बैठकमा पार्टी कार्यालय सचिव तथा कार्यसम्पादन समितिका सदस्य प्रकाश अधिकारीले रेणुलाई कारबाही गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

अधिकारीको प्रस्तावप्रति अरु केही नेताहरुले पनि सहमति जनाएको स्रोतको भनाइ छ । तर, यस विषयमा पार्टी अध्यक्ष उपेन्द्र यादवले भने केही बोलेका थिएनन् । पार्टी केन्द्रीय समितिले दिएको निर्देशनलाई उल्लंघन गरी रेणुले असोज ३ मा ‘कालो दिवस’ मनाउने निर्णय गरेकाले उनीमाथि कारबाही गर्नुपर्ने प्रस्ताव अधिकारीले बैठकमा गरेका थिए ।

‘केन्द्रीय समितिले दिएको निर्देशनलाई ठाडो उल्लंघन गर्नु भनेको पार्टीमा अनुशासनहीनता ल्याउनु हो त्यसैले रेणुमाथि कारबाही होस्’– अधिकारीले बैठकमा प्रस्ताव राखेका थिए । बैठकमा यस्तो प्रस्ताव आएपछि रेणु केहीबेर रोइन् ।

‘पार्टीका लागि अफूले गरेको योगदानबारे व्याख्या गर्दै राजीनामा दिने घोषणा उनले गरिन्,’ स्रोतले भन्यो– ‘त्यसपछि हस्ताक्षर नगरिएको राजीनामा उनले पार्टी अध्यक्ष यादवलाई बुझाइन् र त्यहाँबाट हिँडिन् ।’

राष्ट्रियस्तरकी एक नेता पार्टीको बैठकमै रोएको यो खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर