newskoseli.Com

नेकपामा कित्ताबन्दी : ‘असन्तुष्ट’ २१ लाई गौतमको साथ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २१ केन्द्रीय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन् ।

बिहीबारदेखि बालुवाटारमा निरन्तर बसेको सचिवालय बैठकमा नेता गौतमले केन्द्रीय सदस्यको मागमा छलफल गर्नुपर्ने अडान राखेका हुन् । २१ जना केन्द्रीय सदस्यले पार्टी र सरकारको आलोचना गर्दैै तत्काल केन्द्रीय कमिटीको बैठक बोलाउन र पोलिटब्युरो गठनपछि मात्रै केन्द्रीय सदस्यहरुको जिम्मेवारी तथा कार्यविभाजन तोक्न महासचिव विष्णुप्रसाद पोडेलमार्फत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमदल दाहाललाई बुधबार ज्ञापनपत्र बुझाएका थिए ।

सचिवालयको बैठकमा ती केन्द्रीय सदस्यले उठाएको माग पन्छाउँदै पहिले पोलिटब्युरो गठन कि केन्द्रीय सदस्यको कार्यविभाजन भन्नेमा शीर्ष नेताहरुबीच छलफल भएको थियो । त्यस क्रममा नेता गौतमले केन्द्रीय सदस्यका माग जायज रहेकाले ती मागउपर सचिवालय बैठकमा छलफल हुनुपर्ने अडान राखेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर