newskoseli.Com

‘खेलाडी’ गच्छदारको उपसभापति पद धरापमा

पदाधिकारी नथप्ने गरी कांग्रेसको नयाँ विधान मस्यौदा केन्द्रीय समितिमा प्रस्तुत भएको छ । मस्यौदाले २० कात्तिकमा उपसभापति मनोनीत विजयकुमार गच्छदारलाई भने पहिचान गरेको छैन ।

पार्टी एकतापछि गच्छदारलाई ‘राजनीतिक निर्णय’ का आधारमा सभापति शेरबहादुर देउवाले उपसभापति मनोनीत गरेका थिए । त्यसअघि विधानअनुसार विमलेन्द्र निधि उपसभापति मनोनीत गरिएका थिए । केन्द्रीय समितिमा प्रस्तुत विधानको मस्यौदामा असहमति भएन र महासमितिले पनि पदाधिकारी नथप्ने अहिलेकै प्रस्ताव पारित गर्‍यो भने गच्छदारको उपसभापति पद संकटमा पर्नेछ ।

गच्छदारलाई व्यवस्थापन गर्न दुई उपसभापति बनाउने व्यवस्था गर्नुपर्छ । तर, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला दुई उपसभापतिको पक्षमा छैनन् । ‘उपसभापति मनोनीत गर्ने बेला पहिल्यै खालि रहेको सिटमै उहाँ (गच्छदार) लाई ल्याएको भए समस्या हुने थिएन । विधान मस्यौदा गर्दा समेत उहाँ समेटिनुभएन,’ विधान मस्यौदा समितिका सदस्य दिलेन्द्रप्रसाद बडूले भने– ‘राजनीतिक रूपमा सबैले मानेका हुन् तर प्रक्रिया पुगेन भनेर पहिले नै विरोध भयो । राजनीतिक निर्णय भनेर गर्दा विधानमा पनि समस्या आउने भयो ।’

नेपाली राजनीतिका एक धूर्त खेलाडीका रुपमा चिनिएका गच्छदारको पद धरापमा परेको यो खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर