newskoseli.Com

रद्द भए क–कसका सवारी लाइसेन्स ? सिस्टम दुरुपयोग गरी विभागले नै बिक्री गरेको थियो ?

यातायात व्यवस्था विभागका प्राविधिकहरुले सिस्टमकै दुरुपयोग गरी बिक्री गरेका सवारी चालक अनुमतिपत्र प्रदेश सरकारले रद्द गरेको छ ।

प्रदेश नम्बर– ३ को भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात व्यवस्था विभागअन्तर्गत सवारी चालक अनुमतिपत्र शाखा ललितपुरले यातायात व्यवस्था विभागलाई पत्र लेख्दै सिस्टमको दुरुपयोग गरी जारी गरिएका सबै लाइसेन्स रद्द गरिएको जानकारी दिएको हो ।

ललितपुरको एकान्तकुनास्थित लाइसेन्स कार्यालयले मंसिर ५ मा विभागका नाममा पत्र लेख्दै कार्यालयको अभिलेखमा रहेका बाहेक विभिन्न मितिमा अनधिकृत ढंगबाट जारी भएका ६ सय ३५ वटा लाइसेन्स रद्द गरेको हो ।

आर्थिक प्रलोभनमा परी विभागले नै बिक्री गरेका ती लाइसेन्स सिस्टममा समाविष्ट नभएको भन्दै रद्द गर्न कार्यालयले उसैलाई भनेको खबर सोमबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर