newskoseli.Com

‘वाईडबडी’ विमान किन्दा साढे ६ अर्ब ‘घोटाला’ !

करिव २४ अर्बको वाईडबडी विमान खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड घोटाला देखिएको भन्दै संसदको सार्वजनिक लेखा समितिले यसबारे नेपाल वायुसेवा निगमको लिखित जवाफ मागेको छ ।

मूल्यान्तर, अधिकतम उडानभार कटौती र कमिसन गरी उक्त रकम बराबरको घोटाला भएको समितिको दाबी छ । विमान निर्माण कम्पनीसँग किन सिधै खरिद नगरिएको भन्नेलगायत दर्जनौं प्रश्न समितिले गरेको छ ।

वाइडबडी खरिद प्रक्रियामा महालेखाले औंल्याएका कमजोरीमा चित्तबुझ्दो जवाफ नपाइएपछि पर्यटन मन्त्रालय र निमग सञ्चालक समितिलार्इ लिखित प्रश्न पठाई लिखितै जवाफ माग्ने निर्णय लेखा समितिले गरेको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर