newskoseli.Com

नयाँ चालकले कहिले पाउँछन् लाइसेन्स ? आवेदन दर्ता अझै अवरुद्ध…

सेवाग्राहीले आइतबार पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन भर्न पाएनन् ।

लामो समय रोकिएर बल्ल–बल्ल शुक्रबार आवेदन दर्ता खुला गरिएको केही छिनमै विभागको ‘सर्भर डाउन’ भई ‘सफ्टवेयर’ ले काम नगरेपछि देशभर अनलाइन आवेदन फाराम दर्ता आइतबार पनि अवरुद्ध भएको हो ।

दसैंअघि बन्द गरिएको नयाँ आवेदन चाडपर्व सकिएपछि खुला गरिएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भने– ‘आइतबार पनि काम हुन सकेन, एकैचोटि १ लाखसम्मले आवेदन भरेका छन्, ओभरफ्लो भएर दिनभरि काम भएन अब क्षमता थप गर्ने काम सुरू भएकाले यसको समाधान छिटै हुन्छ ।’

नयाँ सवारी चालकले लामो समयदेखि सवारी चालक अनुमतिपत्र पाउन नसकेको यो खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर