newskoseli.Com

शक्तिशाली एम्बुस विष्फोट : कम्तिमा २२ प्रहरी मारिए !

पश्चिमी अफगानिस्तानमा तालिबान विद्रोही लडाकु समूहले राखेको विद्युतीय धरापमा परी कम्तिमा २२ जना अफगानी प्रहरीको मृत्यु भएको छ ।

प्रहरी चढेको सवारी साधनमा आइतबार फराह प्रान्तमा अर्को आक्रमण हुँदा कम्तिमा दुई जना प्रहरी अधिकृत घाइते भएको प्रान्तीय राजधानीको सरकारी अस्पतालका निर्देशक शिर अहमद वेदाले बताएका छन् । दुवै आक्रमणको जिम्मेवारी तालिबानले लिएको छ ।

आफ्नो आक्रममणबाट २५ जना प्रहरी मारिएको र ४ जना घाइते भएको दाबी तालिबानले गरेको छ । चार वटा सवारी साधन ध्वस्त भएको र ठूलो परिमाणमा हातहतियार जफत गरिएको तालिबानका प्रवक्ता क्वारी युसुफ अहमादीले बताए ।

हाल तालिबानले सरकारी फौजमाथिको आक्रमण तीब्र बनाएको छ । तालिबानसँग शान्तिवार्ता गर्ने प्रयत्न भइरहे पनि आक्रमणको सिलसिला नरोकिएको एजेन्सीहरुले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर