newskoseli.Com

एउटा भैंसी पनि नअट्ने डेढ करोडको ‘भेटेरिनरी एम्बुलेन्स’ !

देशकै पहिलो ‘भेटेरिनरी एम्बुलेन्स’ खरिदमा व्यापक अनियमितता भएको खुलेको छ ।

केन्द्रीय भेटेरिनरी अस्पतालले १ करोड ४३ लाखमा किनेको एम्बुलेन्समा एउटा भैंसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो । पशुसेवा विभाग अन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको एम्बुलेन्समा एउटा भैंसी पनि नअटाएपछि कर्मचारीले आपत्ति जनाउँदै आएका छन् ।

उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् । एम्बुलेन्स खरिद गर्दा डा. रामकुमार मण्डल अस्पतालका प्रमुख थिए । पाठेघर बटारिएर गाई–भैंसीले बच्चा जन्माउन नसके शल्यक्रियाका लागि अस्पताल ल्याउन एम्बुलेन्स खरिद गरिएको हो ।

प्लास्टिक, किला, काँटी खाएका पशुलाई पनि एम्बुलेन्समा राखेर शल्यक्रियाका लागि भेटेरिनरी अस्पताल ल्याउनुपर्ने हुन्छ । भेटेरिनरी एम्बुलेन्स अत्यावश्यक भए पनि खरिदमा अनियमितता भएको अस्पतालका पशु चिकित्सकहरूले बताएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर