newskoseli.Com

प्रहरीकै हाकिमले ‘चोरे’ प्रहरीको टेलिभिजन !

पर्वत जिल्ला प्रहरी कार्यालयमा प्रहरी हवल्दार र जवानहरुले खरिद गरेर राखेको टिभी हाकिमले चारेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ ।

आफूहरुले हेर्ने गरेको टिभी २०७४ साउन ७ गते चोरी भएको भन्दै पीडित प्रहरीहरुले प्रहरी महानिरीक्षकलाई सम्बोधन गरी उजुरी हालेका हुन् ।

उक्त उजुरीमा हाल अवकाश पाएका तत्कालीन लेखापाल नारायण भण्डारी र हाल पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रमोदविक्रम केसीको मिलेमतोमा ३२ इन्चको एलसीडी टिभी चोरिएको आरोप लगाइएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर