newskoseli.Com

पेन्सन पाउँदैछन् अब सबै श्रमिकले !

निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण (पेन्सन) को व्यवस्थासहित सरकारले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ लागू गरेको छ ।

सरकारले मंगलबारदेखि यसको औपचारिक सुरुआत गर्दैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्धावस्था, औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटन तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम सुरु गरेको हो ।

‘निजी क्षेत्रका कम्तिमा ३५ लाख श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी गर्न कार्यक्रम लागू गरिएको हो,’ श्रममन्त्री गोकर्ण विष्टले भने– ‘यसबाट श्रमजीवी वर्गले अब नयाँ युगमा प्रवेश गर्नेछ ।’

सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनलगायतका सुविधा पाउन श्रमिक र तिनको रोजगारदाता कम्पनीले कोषमा जागिर अवधिभर निश्चित रकम योग्दान गर्नु पर्नेछ । कोषमा झन्डै १९ अर्ब ३३ करोड रुपैयाँ जम्मा भइसकेको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर