newskoseli.Com

पूर्वउपराष्ट्रपति परमानन्द : अझै किन झेल्दैछन् विवाद ?

बेरुजु रकम– जम्मा ६७ हजार १ सय रुपैयाँ । बेरुजु गर्ने अधिकारी– पूर्वउपराष्ट्रपति परमानन्द झा । फर्स्योटका लागि ४ वर्षदेखि लगातार ताकेता । तर, बेरुजु रकम अहिलेसम्म फर्स्योट भएको छैन ।

यो स्थितिले हाम्रा उच्चपदस्थहरू बेरुजु रकम फर्स्योट गर्न कति अग्रसर हुँदा रहेछन् भन्ने देखाउँछ । बेरुजु रकम फिर्ता गर्ने विषयमा पूर्वउपराष्ट्रपति झा र उपराष्ट्रपति कार्यालयबीच अहिले विवाद चुलिएको छ ।

स्थापनाको ८ वर्षसम्म बेरुजु नराख्ने कार्यालयमा दरिएको थियो उपराष्ट्रपति कार्यालय । लेखापालले तत्कालीन उपराष्ट्रपति झाको तलबबाट आयकर कट्टी नगर्दा त्यही रकम बेरुजु देखियो । बेरुजु रकम असुल्न महालेखा परीक्षकको कार्यालयले बारम्बर भनिरहेको छ । बेरुजु रकम उपराष्ट्रपति कार्यालयले झाबाट असुल उपर गर्नुपर्ने हो । कर्मचारीले बेरुजु रकम असुलउपर गर्न सबै उपाय अपनाइसकेका छन् ।

‘०७२ सालदेखि हामीले उहाँलाई चिठी पठाइरहेका छौं । भेटेर पनि भन्यौं । अहिले त पूर्वउपराष्ट्रपतिज्यूले हाम्रो कार्यालयको चिठी समेत बुझ्न छाडिसक्नुभयो’, उपराष्ट्रपति कार्यालयका अधिकारीले भनेको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर