केही महिना अघि कञ्चनपुरमा बलात्कार गरी हत्या गरिएकी बालिका निर्मला पन्तका बुबा सिकिस्त बिरामी भएपछि सरकारले उनलाई आईसीयूमा राखेर उपचार गराइरहेको छ ।
यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ । उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिस्अर्डर’ को लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
पन्तको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।