newskoseli.Com

साउदी पुगेकै दिन नेपाली युवक जेलमा ! यस्तो छ पीडादायी कथा…

बराहक्षेत्र नगरपालिका– २, सुनसरीका भुपाल बस्नेत सकेसम्म स्वदेशमै केही काम गरौं भन्ने सोचमा थिए ।

यही सोचले गर्दा उनले पहिलो पटकको वैदेशिक रोजगारी त्यागे पनि । वैदेशिक रोजगारीबाट खासै प्रगति हुने नदेखेपछि साउदी अरेबियाबाट घर फर्केका बस्नेतले गाउँमै उद्यमका लागि अनेक प्रयत्न गरे । तर, उनले सोचेअनुसार देशको अवस्था कहाँ छ र ? विशेष सिप वा लगानी गर्न सक्ने पुँजी नहुँदासम्म गुजारा चलाउन हरकोही युवालाई नेपालमा निकै अप्ठ्यारो छ ।

यसखाले अप्ठ्यारोबाट उनी पनि अछुतो रहन सक्ने कुरै भएन । वैदेशिक रोजगारीको सपना त्यागिसकेका ३७ वर्षीय बस्नेतलाई यस्तै अप्ठ्यारोले पुनः सोही बाटो अवलम्बन गर्न बाध्य बनायो । स्वदेशमा उद्यम गर्न जति प्रयास गर्दा पनि उनी असफल भए ।

अनि, ९ जेठ, २०६३ मा उनले पुनः वैदेशिक रोजगारीकै बाटो तताए । एक मनले विदेश जाने र अर्को मनले अन्योलमै रहेका बेला सुरु गरिएको दोस्रो पटकको वैदेशिक रोजगारीले भने यतिखेर उनलाई संकटको भुमरीमा पुर्‍याएको छ ।

कमाउन साउदी पुगेकै दिन पक्राउ परेका छन् भुपाल । अघिल्लो पटक साउदीमा भएको एक सडक दुर्घटनाको कारण देखाउँदै उनलाई दोषी ठहर्‍याइएको छ । साउदीको जेलबाट मुक्त हुन भुपालले ७५ हजार ३ सय साउदी रियाल (करिव २३ लाख रुपैयाँ) को जोहो गर्नुपर्ने भएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर