newskoseli.Com

यो रेल हो कि साइकल ? ३५ किलोमिटर पार गर्न डेढ घन्टा !

‘हार्इ–स्पिड’ रेल सञ्चालनमा जापान, चीन र फ्रान्सबीच तीब्र प्रतिस्पर्धा छ ।

जापानले हालसम्म सबैभन्दा तीव्र गतिमा गुड्ने रेल सञ्चालनमा ल्याएको छ । सो रेल प्रतिघन्टा ६ सय ३ किलोमिटरको गतिमा कुद्छ ।

फ्रान्सले प्रतिघन्टा ५ सय ७४ किलोमिटर र चीनले ५ सय १ किलोमिटरको गतिमा कुद्ने रेल चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम २ सय किलोमिटरको गतिमा गुड्ने रेल त धेरैले चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम २ सय किलोमिटरको गतिमा गुड्ने रेललाई ‘हार्इ–स्पिड रेल’ को परिभाषाभित्र राखिएको छ ।

नेपालमा पनि सन् २०१९ को सुरुदेखि जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी भइरहेको छ । तर, यो रेलको गति निकै सुस्त हुनेछ । पुरानो न्यारोगेज (२.६ फिट ट्रयाक) रेलवे विस्थापित गरी झन्डै ४ वर्षपछि सञ्चालनमा आउन लागेको ब्रोडगेज (५.६ फिट ट्रयाक) रेल्वेमा गुड्ने रेलको गति चाहिँ साइकलको भन्दा बढी नहुने भएको छ ।

अर्थात्, यो रेलको गति भने जम्माजम्मी ३५ किलोमिटर पार गर्न डेढ घन्टा लाग्ने खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर