newskoseli.Com

‘विप्लवजी खुलमखुला, भूमिगत भन्नु षड्यन्त्र’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पार्टीलाई खुला राखे पार्टीका सांगठनिक संरचना र गतिविधि भने भूमिगत रुपमा गर्दै आएको छ ।

पार्टी पुनर्गठन दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उक्त पार्टीका महासचिव विप्लव सार्वजनिक नभए पनि देशभित्रै रहेको दाबी गरिएको छ । त्यसअघि नेकपाले भने सो सभामा विप्लवले नै सम्बोधन गर्ने बताउँदै आएको थियो ।

उक्त सभाको प्रमुख वक्ताका रुपमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सम्बोधन गरेका थिए । उनले भने– ‘महासचिव विप्लवजी खुलमखुला नै हुनुहुन्छ । सजिलै भेट्न सक्नुहुन्छ हजुरले पनि । कुन कार्यक्रममा को जाने भन्ने निर्णय पार्टीले आवश्यकता हेरेर गर्छ । भूमिगत भन्ने शब्द षड्यन्त्रकारी हो जस्तो लाग्छ ।’

विप्लव सार्वजनिक कार्यक्रममा प्रकट नभएको तर भूमिगत भएको कुरा चाहिँ अस्वीकार गरेको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर