newskoseli.Com

फुटबलको मैदानमा यी आमाहरू !

मैदान तयार थियो । रेफ्री तयार थिए । रेफ्रीले मैदानको बीचमा बल समेत राखिसकेका थिए । तर, खेलाडी थिएनन् । केही बेरपछि कुर्ता–सुरुवाल र प्यान्टसँग जुत्ता–मोजा लगाएर एक हुल महिला मैदान पसे ।

त्यसपछि मात्र सबैलाई थाहा भयो– यो सामान्य फुटबल खेल होइन रहेछ । सधैं भात–भान्सा र घरायसी धन्दामा व्यस्त हुने आमाहरुले त्यसपछिको झन्डै एक घन्टा मैदानमा आफ्नो फुटबल–कला प्रस्तुत गरे । उनीहरुको खेलबाट दर्शकले भरतपुर मनोरञ्जन लिए । मंगलबार बिहान बेनीघाट रोराङ गाउँपालिकास्थित चन्द्रोदय माविको मैदानमा देखिएको दृश्य हो यो ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा यो खेल आयोजना गरिएको हो । खेलले जनचेतना र आमाहरुको आत्मविश्वास बढाउने अपेक्षा आयोजक बेनीघाट रोराङ गाउँपालिकाको रहेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर