newskoseli.Com

प्रहरीकै ‘सेटिङ’ मा यसरी हुन्छ तस्करी

एक घुमुवा प्रहरी र अवैध बाटोबाट धनगढीका विभिन्न पसलमा सामान ओसार्ने एजेन्टबीच भएको फोन संवाद केही दिनअघि सार्वजनिक भयो ।

घुमुवा प्रहरी हवल्दार गेहन्द्र बोहरा र तस्करीका समान ओसार्ने एजेन्ट सावन गुप्ताबीच भएको कुराकानीको उक्त अडियोले प्रहरीकै ‘सेटिङ’ मा करोडौंका सामान तस्करी भइरहेको पुष्टि गरेको छ । प्रहरीका विभिन्न कार्यालयलाई महिनावारी बुझाएर हुने करोडौंको तस्करी रोकिएको छैन । धनगढीका विभिन्न चोर नाकाबाट प्रहरीको ‘सेटिङ’ मा राति ठूलो परिमाणमा समान भित्र्याइने गरेको दाबी स्रोतले गरेको छ ।

‘अहिले पनि वडा नम्बर २, मसानघाटको नाका र बंगराकटानको नाकाबाट राति ठूलो परिमाणमा सामान भित्रिरहेका छन्’– उनले भने । प्रहरीका हाकिमहरूले घुमुवा प्रहरी परिचालन गरेर महिनावारी असुल्ने गरेका छन् । फोन संवादमा पनि तस्करी गर्ने सावन गुप्ताले प्रहरीका विभिन्न हाकिमलाई महिनावारी पैसा दिने गरेको सुनिन्छ । प्रहरीले मासिक ५ हजारदेखि १० हजार रुपैयाँसम्म बुझेर तस्करीका सामान ल्याउन दिएको तथ्य यसबाट खुलासा भएको छ ।

स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय प्रमुख र संघीय एकार्इ प्रहरी कार्यालयका प्रमुखबीच तस्करबाट पैसा उठाउने क्रममा हानाथाप हुँदा घुमुवा प्रहरी र तस्करीका सामान ओसार्नेबीच कुराकानी भएको अडियो टेप सार्वजनिक भएको हो । उक्त फोन संवादमा पैसाको मोलमोलाइ भएको सुनिएको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर