newskoseli.Com

अस्ट्रेलियाको खर्चमा प्रदेश– ३ को योजना !

प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको आवधिक योजना बनाउन अस्ट्रेलियाली लगानी भित्र्याएका छन् ।

यसबारे उनले संघीय अर्थ मन्त्रालय तथा प्रदेश मन्त्रिपरिषदलाई समेत थाहा दिएका छैनन् । प्रदेशको नीति तथा योजना आयोगले १५ वर्षे पूर्वाधार योजना बनाउँदैछ ।यो काममा अस्ट्रेलियाको ‘डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेन्ड’ (डीएफएटी) को पैसा खर्च भैरहेको छ । उसले ‘एसिया फाउन्डसेन’ मार्फत लगानी गरेको छ ।

डीएफएटी अस्ट्रेलियाको सरकारी निकाय हो । यस अन्तर्गत विदेशमन्त्री, व्यापार, पर्यटन र खानीमन्त्री तथा विकास सहायकमन्त्री रहन्छन् । संघ र प्रदेशसँग कुनै समझदारी नगरेको संस्थाको लगानी मुख्यमन्त्रीले भित्र्याएको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर