newskoseli.Com

हिउँद–बर्खामा दूधको मूल्य फरक–फरक : कात्तिकदेखि फागुनसम्म ७ रुपैयाँ कम

उत्पादित दूध खपत हुन नसकी खेर जाने स्थिति (मिल्क होलिडे) लाई दीर्घकालीन सोचका साथ समाधान गर्न हिउँद र वर्षामा दूधको फरक–फरक मूल्य निर्धारण गर्ने गृहकार्य अघि बढाइएको छ ।

हिउँदमा दूध बढी उत्पादन हुने तर उपभोग घट्ने भएका कारण डेरी उद्योगले खरिद गर्न नसकी पछिल्ला वर्षहरुमा ‘मिल्क होलिडे’ को स्थिति देखापर्न थालेको छ ।

कृषि मन्त्रालय मातहतको राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा गठित कार्यदलले बझाएको प्रतिवेदनमा दूध उत्पादन बढी हुने सिजन (कात्तिकदेखि फागुनसम्म) मा कच्चा दूधको मूल्य प्रतिलिटर ५ देखि ७ रुपैयाँ कम निर्धारण गर्नुपर्ने सुझाव दिइएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर