newskoseli.Com

कुरीति तोड्दै एकल महिलाहरु : श्रीमानको मृत्युपछि पनि रातो टीका र रातै लुगा

श्रीमानको मृत्युपछि श्रीमतीले रातो लगाउनु नहुने ‘मान्यता’ हाम्रो समाजमा अझै कायम छ ।

तर, धादिङको थाक्रे गाउँपालिकाका एकल महिलाले यो रुढिवादी संस्कार तोड्दै सामूहिक रुपमा रातो टीका र लुगा लगाएका छन् ।

श्रीमानको निधनपछि सेतो मात्रै लगाएर बस्नुपर्ने परम्पराका कारण अपहेलित हुनु परेकाले सबै महिला एक ठाउँमा भेला भएर रातो लगाइएको स्थानीय गोमा तामाङले बताइन् ।

‘समाजको नकारात्मक सोच हटाउन एकल महिला एक भएर अग्रसर हुनु जरुरी छ,’ उनले भनिन्– ‘श्रीमानलाई गुमाउनु पर्दाको पीडा बिर्साउन र समाजमा सम्मानपूर्वक बाँच्न हामी रातो पहिरनमा सजिएका छौ ।’

श्रीमानको मृत्युपश्चात् चुरा–पोते, सिन्दुर, टीका र रातो कपडा लगाउनुहुन्न भन्ने कुप्रचलनविरुद्ध यहाँका महिला जुर्मराएको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर