newskoseli.Com

तालिबानद्वारा ३ अमेरिकी सैनिक मारिए, ३ घाइते

अफगानिस्तानको घाज्नी प्रान्तमा रहेको एक सहरमा विस्फोटक पदार्थ विस्फोटमा परी मङ्गलबार ३ अमेरिकी सैनिकको मृत्यु भएको छ ।

नेटो सैन्यअन्तर्गत अफगानिस्तानमा कार्यरत अमेरिकी सैनिकले दिएको जानकारी अनुसार यस विस्फोटमा परी अन्य ३ सैनिकहरु घाइते भएका छन् । यस आक्रमणको तालिवान विद्रोही समूहले जिम्मा लिएको अमेरिकी टेलिभिजन सीएनएनद्वारा प्रशारित समाचारमा जनाइएको छ । विस्फोटमा ज्यान गुमाएका सैनिकहरुको परिचय भने खुलाइएको छैन ।

सन् २०१७ यता अमेरिकी सैनिकमाथि अफगानिस्तानमा गरिएको यो सबैभन्दा भीषण आक्रमण हो । अफगानिस्तानको दक्षिणी प्रान्त घाज्नीमा हालैका साताहरुमा तालिबान समूहले आफ्नो क्रियाकिलापमा व्यापक वृद्धि गरेको छ ।

तालिबानको बलियो प्रभाव रहेकोे यस प्रान्तमा अफगान सैनिकले आफ्नो नियन्त्रण कायम गर्न सहयोगका लागि अमेरिकाले थप अमेरिकी सैनिक पठाएको छ । अमेरिकी सरकारले हालै गरेको एक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै सीएनएनले दिएको जानकारी अनुसार हाल अफगानिस्तानको सरकारले देशका ५६ प्रतिशत जिल्लाहरुमा मात्र आफ्नो नियन्त्रण कायम गर्न सकेको अवस्था छ ।

सन् २०१५ को नोभेम्बर महिनासम्म त्यहाँको सरकारले ७२ प्रतिशत नियन्त्रण कायम गरेको थियो । यसरी हेर्दा देशमा अफगानिस्तानको सरकारले तालिबानका विरुद्धमा नियन्त्रणको अवस्था गुमाउँदै गएको देखिएको छ । सोमबार अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा तालिबानको एम्बुस आक्रमणमा परी कम्तिमा पनि २० जना अफगान प्रहरी अधिकारी मारिएका छन् ।

मारिने प्रहरीको संख्या २० पुगेको अल जजिरा समाचार संस्थाले पुष्टि गरेको छ । तालिबान समूहले यस आक्रमणको जिम्मा लिएको थियो । पछिल्ला केही महिनायता तालिबानले अफगास्तिानको राजधानी काबुलमै सशस्त्र हमलाहरु बढाएको छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर