newskoseli.Com

प्रहरी नै लुटेरा ? नक्कली सुन देखाएर पैसा लुट्ने २ हवल्दार पक्राउ

मंगलबार राति राजधानीकै बल्खुमा नक्कली सुन देखाएर भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ ।

घटनालगत्तै पीडितले खबर गरेपछि प्रहरीले सुरु गरेको अप्रेसनमा नक्कली सुन र नगदसहित पक्राउ पर्नेमा २ जना प्रहरी हवल्दार भएको खुलेको हो । महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको सीआरभी टोलीले राति ११ बजेतिर लुटपाटस्थलनजिकै एक केजी नक्कली सुन र ३६ लाख ६५ हजार रुपैयाँसहित ५ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले २ हवल्दारको नाम औपचारिक रूपमा सार्वजनिक नगरे पनि उनीहरू महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत शालिग्राम विश्वकर्मा र बालाजु वृत्तमा कार्यरत मोहन बम रहेको स्रोतले बतायो । प्रहरी स्रोतले भन्यो– ‘बल्खुमा नक्कली सुन देखाएर नगद लुटपाट घटनमा प्रहरी हवल्दारकै संलग्नता देखिएको खुलेको छ । त्यसमध्ये एक ललितपुर परिसर र अर्का बलाजु वृत्तका हवल्दार हुन् ।’

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआर्इजी शैलेस थापाले पनि प्रहरी संलग्नता रहेको सूचना प्राप्त भएको बताए । ‘सुन देखाएर लुटपाटमा प्रहरीको संलग्नता भएको भन्ने मैले पनि सुनें । मातहतका निकायलाई घटनामा जोसुकै संलग्न भए पनि अनुसन्धान गरेर कडा कारबाही गर्न भनेको छु,’ डीआर्इजी थापाले भने– ‘घटनामा संलग्न रहेछन् भने उनीहरूविरुद्ध फौजदारी मुद्दा चल्छ, मैले निर्देशन दिइसकेको छु ।’

राजधानीमै प्रहरीको संलग्नतामा भएको लुटपाटबारेको यो खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर