newskoseli.Com

कांग्रेस जिल्ला सभापतिहरू ककनीमा भेला, के–के गरे निर्णय ?

नेपाली कांग्रेसको नयाँ विधानका निम्ति तयार हुँदै गरेको मस्यौदामाथि छलफल गर्न जिल्ला सभापतिहरू नुवाकोटको ककनीमा भेला भएका छन् ।

बुधबार सुरु भएको दुईदिने भेला प्रस्तावित विधान मस्यौदामाथि केन्द्रित हुने जानकारी नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले दिए ।

जिल्ला सभापतिहरूकै पहलमा भेला भएको उनले जनाए । ‘विधानमाथि छलफल गर्न विशुद्ध सभापतिहरूको मात्र भेला हो, यहाँ केन्द्रीय नेता कोही आउनुहुन्न’– उनले भने ।

विधान मस्यौदामा उल्लेखित संगठनात्मक लगायतका विभिन्न विषयमा संशोधनका लागि ७७ वटै जिल्लाका सभापतिको साझा धारणा महासमितिमा लैजाने योजनासहित भेला सञ्चालन भएको केसीको भनाइ रहेको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर