newskoseli.Com

सरकारले तोड्यो कूटनीतिक परम्परा : आईएनजीओको कार्यक्रममा यतिसाह्रो लम्पसार !

एउटा सामान्य आईएनजीओ, त्यो पनि धार्मिक प्रचारवाजी गर्ने उद्देश्यले आयोजित अत्यन्तै विवादास्पद सम्मेलनमा सहभागी हुन नेपाल आएका विदेशी पाहुनाको स्वागत गर्ने बहानामा नेपाल सरकार आपत्तिजनक ढंगले लम्पसार परेको छ ।

धार्मिक आईएनजीओको कार्यक्रममा आएका विदेशी पाहुनाको भ्रमणलाई सरकारले औपचारिक बनायो । अझ उपप्रधानमन्त्री नै विमानस्थल पुगेर स्वागत पनि गरे । यो मामिलामा सरकारले कूटनीतिक परम्परा तोडेको छ । परराष्ट्र मामिला जानकारहरूले यसलाई सरकारको गम्भीर गल्ती भन्दै राज्य सञ्चालन र कूटनीतिमा सरकार निकै कमजोर देखिएको बताएका छन् ।

सार्वजनिक सवारी साधनमा समेत जोर–बिजोर प्रणाली लागू गरिदिएपछि यात्रामा दुःख भोगेका सर्वसाधारणले पनि सरकारको व्यापक आलोचना गरेका छन् । ७ जना कथित विशिष्ट पाहुनाको स्वागत गर्ने जिम्मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पाएका छन् ।

सार्क र बिम्स्टेक शिखर सम्मेलनमा झैं यी पाहुनालाई सरकारले उच्च महत्त्व दिएको छ जबकि यो सरकारको प्रत्यक्ष सहभागिता समेत रहेको कार्यक्रम होइन । सरकारको हदैसम्मको केटौलेपन र राष्ट्रिय गरिमा एवं जनहितविरुद्धको व्यवहारसम्बन्धी यो खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर