राजधानीमा जारी कथित एसिया प्यासिफिक समिटमा ‘युनिफिकेसन चर्च’ की प्रमुख हक जा हनले प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्चपदस्थ नेपाली दम्पतीलाई ‘आशीर्वाद’ दिने तयारी भैरहेको समाचार छ ।
कार्यक्रम सूचीमा समिटको दोस्रो दिन आइतबार ‘प्रधानमन्त्री, मन्त्री, मेयर, नेता र शिक्षकको दम्पतीलगायतलाई चर्चकी गुरुआमाले आशीर्वाद दिने’ उल्लेख रहेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।