newskoseli.Com

३ मेजरसहित ११२ सैनिक बर्खास्त : सेनाको इतिहासकै ठूलो ‘कारबाही’ !

सिपाही भर्नामा अनियमितता गर्ने ३ जना मेजर (सेनानी) सहित १ सय १२ जना सैनिकलाई नेपाली सेनाले बर्खास्त गरेको छ ।

पैसा बुझाएर भर्ना भएका १ सय १ सिपाही तथा भर्ना छनौटमा खटिएका ३ मेजर र ८ अन्य दर्जा सहित १ सय १२ जना सैनिक बिहीबार बर्खास्त भएका हुन् ।

एक उपरथीका अनुसार नेपाली सेनाको इतिहासमा एकै पटक यति धेरै सैनिक अधिकृत तथा जवान बर्खास्त भएको यो नै पहिलो पटक हो । पैसा बुझाएर भर्ना भएका १०१ जना सिपाही र भर्ना छनौटका क्रममा रकम असुल्ने ३ मजेरसहित ११ सैनिकलाई बर्खास्त गरिएको जानकारी सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले दिएको खबर शुक्रबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर