newskoseli.Com

राजधानीमै फेरि बालकको अपहरण : ४५ मिनेटभित्रै हत्या !

गोंगबु प्रयासमार्गस्थित स्वस्तिका गेस्टहाउसमा गाडीचालकका रुपमा कार्यरत महेन्द्र एसकेले त्यहाँ नियुक्ति पाएको एक महिना मात्र भएको छ ।

आफूले पाएको १३ हजार रुपैयाँ तलबमा उनलाई चित्त बुझेको थिएन । होटेल साहुसँग उनको विवाद पनि हुँदै आएको थिए ।

उनको प्रतिशोध र आपराधिक मानसिकताको सिकार बने– होटेल साहुका ८ वर्षीय छोरा प्रयास कुँवर । प्रहरीका अनुसार महेन्द्रले चार दिनअघि नै अपहरण र हत्याको योनजा बनाएका थिए ।

मंगलबार साँझ उनले ‘उपयुक्त समय’ पाए । साँझ करिव ६ बजेको थियो । बालकका आमा–बुबा अस्पताल गएको मौका छोपी उनले अपहरण गरेका थिए । महेन्द्रले दिएको बयानअनुसार बालकलाई फकाउन उनले ५० रुपैयाँको ‘क्याटबरी चकलेट’ किनिदिएका थिए । प्रयासलाई फकाउँदै घुम्न जाने आस देखाएर नार्गाजुनतिर लगे । एकान्त सडकमा गाडी रोकेर मुख थुनिदिए, घाँटी थिचेर हत्या गरे । अनि झोलामा शव राखेर खोलामा फाले ।

प्रयासको अपहरण र हत्या ४५ मिनेटभित्रै भएको तथ्य खुलिसकेको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर