newskoseli.Com

१ हजार नेपाली इन्जिनियरलाई जापानमा रोजगारी !

जापानी कम्पनीले नेपाली आईटी इन्जिनियरहरुलाई विद्यावारिधीसँगै जापानमा काम गर्न ‘अवसर’ दिने भएको छ ।

जापानस्थित ह्युमन रिसोर्सिया कम्पनी लिमिटेडले त्यसका लागि इन्जिनियरिङ पढाइ हुने नेपालका तीन वटा कलेजहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, नेम कलेज काठमाडौं र नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणसँग समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरमा हालै कम्पनीका उपाध्यक्ष नाओकी इरेले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । नेपालका तीनओटा कलेजसँग समझदारी भएको जनाउँदै उपाध्यक्ष इरेलले सन् २०२१ को मार्चसम्ममा १ हजार नेपाली आईटी इन्जिनियरहरुलाई रोजगारी दिने योजना रहेको बताएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर