newskoseli.Com

कार्यक्रम एनजीओको, बैठक स्थगित नेकपाको

केही दिनदेखि लगातार बस्दै र महत्त्वपूर्ण विषयहरुलाई टुंगोमा पुर्‍याउँदै आउन थालेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक राजधानीमा हुँदै गरेको एउटा अत्यन्तै विवादास्पद धार्मिक एनजीओको कार्यक्रमका कारण स्थगित हुन पुगेको छ ।

पार्टी एकीकरण भएको ७ महिना बितिसक्दा समेत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन सकेको छैन ।

सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन बसेको बैठक आईएनजीओको कार्यक्रमले स्थगित भएको छ । शनिबार र आइतबार राजधानीमा हुन लागेको एसिया प्रशान्त शिखर सम्मेलन २०१८ का लागि नेकपाका नेताहरु व्यस्त हुने भएकाले सचिवालय बैठक स्थगित भएको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर