newskoseli.Com

‘पिकनिक’ खान २ दर्जन सरकारी गाडीको दुरूपयोग !

भीमफेदीको त्रिखण्डीमा शनिबार वनभोज खान आउनेको भीडभाड थियो । नेपाल विद्युत् प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालयले पनि त्यहीं वनभोज आयोजना गरेको थियो ।

तर, कर्मचारी र अरुको वनभोजमा एउटा फरक थियो । अरु बस रिजर्भ गरेर आएका थिए, कर्मचारीहरु चाहिँ पहेंलो नम्बर प्लेटको गाडीमा । तिनले सरकारी गाडी दुरुपयोग गरेका थिए । त्यो पनि एउटा–दुइटा होइन, करिव दुई दर्जन वटा ।

सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्न पाइँदैन । अत्यावश्यक काममा चलाउँदा प्रमुख जिल्ला अधिकारीबाट अग्रिम पास लिनुपर्छ । तर, प्राधिकरणका कर्मचारी पास नलिई सरकारी गाडी हाँकेर वनभोज खान पुगेका थिए ।

वनभोजमा विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौंडा अन्तर्गतका कर्मचारी सामेल थिए । वीरगञ्ज, भरतपुर, टाँडी, पालुङ, गौर, कलैया, सिमरा, चपुर, हेटौंडा, पोखरीया वितरण केन्द्रका कर्मचारी प्राधिरकणकै गाडीमा त्रिखण्डी पुगेका थिए । केन्द्रीय अध्यक्ष जनार्दन भट्टराई र वरिष्ठ उपाध्यक्ष शेखर बराकोटी पनि पहेंलो नम्बर प्लेटका गाडीमा ‘पिकनिक’ आएको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर