newskoseli.Com

फोनमा बोल्दाबोल्दै नेपाली युवाद्वारा अमेरिकामा आत्महत्या !

साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् ।

सन्नीभेल सहरमा बस्दै गरेका २४ वर्षीय गणेश तिवारीले बिहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् । आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्ने अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए ।

परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् । तैपनि अर्का एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिइन् । ‘ठट्टा सोच्दासोच्दै सत्य भयो’– उनका ती साथीले भने ।

तिवारी हाईल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग बस्दै आएका थिए । ती साथीहरुका अनुसार अरु बेला पनि उनी आत्महत्या गर्ने कुरा गरिरहन्थे । ‘अमेरिका आएपछि पहिला पनि कोसिस गरें तर सकिँन भन्थ्यो,’ उनका एक साथीले भने– ‘जे कुरा गर्दा पनि एकदम उत्साहित हुन्थ्यो, जसले जे गरम् भने पनि ल गरमगरम भन्थ्यो ।’

अमेरिकामा नेपाली युवाको आत्महत्याबारेको यो खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर