newskoseli.Com

अटेरी ठेकेदारसामु सरकार समेत ‘लाचार’ !

ठेकेदार कम्पनीको चरम लापरबाहीले राजधानीबाट मध्यपूर्वका तीन जिल्ला जोड्ने खाडीचौर–चरिकोट सडक अलपत्र परेको छ ।

सडक अलपत्र भएपछि भदौ दोस्रो साता दोलखा सदरमुकाम चरिकोट आएर प्रदेश– ३ सरकारका तीन मन्त्रीले लापरबाही गर्ने ठेकेदार, दोलखा र सिन्धुपाल्चोककका जनप्रतिनिधिका साथै दुवै जिल्लाका सुरक्षा अधिकारीलाई एकै ठाउँमा राखेर बैठक गरे । बैठकमा ठेकेदार कम्पनीलाई १० दिनभित्र सडक सुधार गर्न र विस्तारको काम चाँडो सक्ने प्रतिवद्धतासहित निर्णय गराएर हेटौंडा फर्किए ।

प्रदेशका अर्थमन्त्री कैलाश ढुंगेल, पर्यटनमन्त्री अरुण नेपाल र तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितको अगुवाइमा चरिकोटस्थित जिल्ला समन्वय समितिको हलमा सम्पन्न उक्त बैठक सकेर फर्केका ठेकेदार प्रतिवद्धता अनुसार काम गर्नु त परै जाओस्, लामो समयसम्म सडक विभागको सम्पर्कमा समेत नआएको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर