newskoseli.Com

विस्फोटक पदार्थको आपूर्तिमा पनि ‘सिन्डिकेट’ !

जलविद्युत् तथा पूर्वाधार आयोजनामा विस्फोटक पदार्थ नभई हुँदैन । तर, यसको आपूर्तिमा एउटै मात्र कम्पनीको एकाधिकार छ ।

एकीकृत व्यापार कम्पनीले नेपालमा विस्फोटक पदार्थको आपूर्ति गरिरहेको छ । यो सिन्डिकेटका कारण प्रतिकिलो दुई सय रुपैयाँ पर्ने विस्फोटकलाई एक हजार रुपैयाँ तिर्न व्यवसायी बाध्य भएका छन् ।

निर्माण सम्पन्न तथा निर्माणाधीन अधिकांश जलविद्युत् आयोजनामा उक्त कम्पनीले मात्रै विस्फोटक पदार्थ आपूर्ति गर्दै आएको छ । एउटा आयोजनाका लागि झिकाइएको विस्फोटक पदार्थ अर्को आयोजनामा प्रयोग गर्न पाइँदैन । तर, उक्त कम्पनीले ‘साह्रो–गाह्रो परेका बेला’ भन्दै सापटी समेत दिँदै आएको छ ।

यस्तो कृत्यले विस्फोटक पदार्थजस्तो संवेदनशील विषयमा समेत सिन्डिकेट रहेको देखाएको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर