newskoseli.Com

शृंखला खतिवडा पुगिन् ‘मिस वर्ल्ड’ को ‘फाइनल राउण्ड’ मा

‘मिस नेपाल’ शृंखला खतिवडा ‘मिस वर्ल्ड’ २०१८ को टप ३० मा प्रवेश गरेकी छन् ।

उनी प्रतियोगिताको ‘फाइनल राउण्ड’ मा पुगेकी छन् । ‘मल्टिमिडिया प्रयोग’ तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै खतिवडाले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । नेपालको प्रतिनिधित्व गरेकी शृंखला चीनको पर्यटकीय सहर सान्यामा जारी प्रतियोगितामा केन्या र मेक्सिकोका ‘सुन्दरी’ लाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यो अवार्ड पाएसँगै उनी टप ३० मा परेकी हुन् ।

हेड टु हेड च्यालेन्जमा पराजित भए पनि उनी मल्टिमिडिया अवार्डमा बाजी मार्दै मिस वर्ल्डका लागि एक कदम अघि बढ्न सफल भएकी हुन् । मिस वर्ल्डको अन्तिम प्रतिपर्धा डिसेम्बर ८ मा हुने खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर