newskoseli.Com

देशभर १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी

गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिव साढे ४ हजार चर्च छन् । यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो ।

देशभर करिव १२ हजार चर्च भएको अनुमान गरिएको छ । नेपालमा करिव १२ हजार ५ सय चर्च रहेको नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले बताए । तर, त्यसको आधारिक तथ्यांक भने छैन । आधिकारिक तथ्यांक थोरै भए पनि करिव ३० लाख नेपालीहरू क्रिश्चियन भइसकेको दाबी धर्मसम्बद्ध संघ–संस्थाहरूको छ ।

नेपालको जनगण्ना ०६८ अनुसार १.४ प्रतिशत अर्थात् करिव ३ लाख ७५ हजार क्रिश्चियन धर्मावलम्बी छन् । सन् २०२० मा ३.८ प्रतिशत नेपालीलाई क्रिश्चियन बनाउने लक्ष्यका साथ प्रचार–प्रसार भइरहेको बताइन्छ । विश्वमा तीव्र गतिमा क्रिश्चियन धर्मावलम्बी वृद्धि हुने देशको सूचीमा नेपाल अग्रपंक्तिमा पर्ने खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर