newskoseli.Com

पर्यटनमन्त्रीले भने : ‘हेलिकप्टर विपत्तिको साथी, सबैको पहुँच पुर्‍याउँछौं’ !

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपालको भू–बनोटका कारण हेलिकप्टर अति आवश्यक भएको बताएका छन् ।

हेलिकप्टरलाई ‘विपत्तिको साथी’ मान्ने गरिएको उनको भनाइ छ । राजधानीमा मंगलबार आयोजना गरिएको हेलिकप्टर सोसाइटी अफ नेपालको औपचारिक उदघाटन कार्यक्रममा मन्त्री अधिकारीले नेपालका सबै स्थानमा हेलिकप्टरको पहुँच पुर्‍याउने बताए । यसका लागि सरकारले गाउँपालिका र नगरपालिकाका सबै वडामा हेलिप्याड बनाउने योजना बनाएको छ ।

होलिकप्टरको उडान आधार बढाएर बढीभन्दा बढी विमानस्थलबाट सेवा दिने गरी व्यवस्था मिलाइने जानकारी उनले दिए । नेपालको हवाई उड्डयलाई पाँच वर्षदेखि युरोपेली युनियन (र्इयू) ले कालो सूचीमा राखेर अझै नहटाएको प्रसंग उल्लेख गर्दै अधिकारीले भने– ‘सरकार छिटोभन्दा छिटो यसलाई हटाउने प्रयासमा छ ।’

र्इयूकै छाता संगठन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले भने नेपाललाई कालो सूचीबाट हटाइसकेको छ । नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनार्इ बलियो संस्थाका रूपमा अगाडि बढाउन रणनीतिक साझेदार वा निजी–सार्वजनिक साझेदारीमा लैजानुपर्ने समेत मन्त्री अधिकारीले बताएको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर