newskoseli.Com

पप्पुलाई ‘कालो सूचीमा नराख्न’ अदालतको आदेश !

उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले पप्पु कन्स्ट्रक्सनलाई ‘कालो सूची’ मा नराख्न आदेश दिएको छ ।

धरौटीवापत ठेकेदारले राखेको रकम नझिक्न अदालतले सरकारका नाममा विषेधाज्ञा आदेश पनि दिएको छ । ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो ।

नेपालगञ्ज इजलासका न्यायाधीश विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त इजलासले बुधबार उक्त आदेश दिएको हो । पप्पु कन्स्ट्रक्सनका सुनित रौनियारले उच्च अदालतमा रिट दायर गरेका थिए ।

सिक्टा सिँचाई आयोजनाले कम्पनीलाई कालो सूचीमा राखेर बैंक धरौटी झिक्न खोजेको दाबीसहित सिक्टा र त्यहाँका अधिकारीलाई विपक्षी बनाएर रौनियारले रिट हालेको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर