newskoseli.Com

क–कसले पाए गणतन्त्र दिवसको मानपदवी, अलङ्कार र पदक (सूचीसहित)

गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न व्यक्तित्वहलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभुषित गरेकी छन् ।

मदनकुमार भण्डारीलाई (मरणोपरान्त) नेपाल रत्न, सुशीला कोइराला (मरणोपरान्त) र सुवासचन्द्र नेम्बाङलाई राष्ट्रगौरव, सूर्यबहादुर थापा (मरणोपरान्त), नरबहादुर कर्माचार्य (मरणोपरान्त), रामहरि जोशी, निर्मल लामा (मरणोपरान्त) र पोस्टबहादुर बोगटी (मरणोपरान्त) लाई महाउज्ज्वल कीर्तिमय राष्ट्रदीप, डा. युवराज खतिवडा, वर्षमान पुन, जनार्दन शर्मा, वैद्यनाथ उपाध्याय र भानुप्रसाद शर्मालाई प्रसिद्ध प्रबल जनसेवाश्री, डा. सोमलाल सुवेदी, नं. ११३० राजेन्द्र क्षेत्री, लोकदर्शन रेग्मी, उपेन्द्रकान्त अर्याल, दुर्जकुमार राई र दिलिपराज रेग्मीलाई सुकीर्तिमय राष्ट्रदीप मानपदवी प्रदान गरिएको छ ।

यसैगरी विभिन्न ८२ जनालाई सुप्रबल जनसेवाश्री, १ सय ३५ जनालाई प्रबल जनसेवाश्री र विभिन्न ५१ जनालाई जनसेवाश्री मानपदवी प्रदान गरिएको छ ।

त्यस्तै, विभिन्न ५ जनालाई नेपाल प्रताप सुभुषण, ३ जनालाई अतिपौरख भाष्कर, २ जनालाई नेपाल प्रताप आभुषण र ६ जनालाई नेपाल प्रताप भुषण अलङ्कार प्रदान गरिएको छ ।

यस्तै, विभिन्न ११ जनालाई समाजसेवा पदक, १७ जनालाई सुकीर्ति पदक र ३९ जनालाई वीरता पदक प्रदान गरिएको छ ।

मानपदवी, अलङ्कार र पदक पाउनेहरुको पूरा सूची यसप्रकार छः

2073_padak

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर