newskoseli.Com

कांग्रेसको आरोप : सरकार संस्थागत भ्रष्टाचारको बाटोमा

प्रतिपक्षी नेपाली कांग्रेसले सरकार संस्थागत भ्रष्टाचारको बाटोमामा लागेको आरोप लगाएको छ ।

सो पार्टीको केन्द्रीय समिति बैठकमा बुधबार प्रस्तुत कांग्रेसको आर्थिक नीतिको प्रस्तावमा उसले वर्तमान सरकार कानुनी प्रक्रिया लत्याउँदै नियन्त्रण, निषेध र संस्थागत भ्रष्टाचारको बाटोमा अघि बढेको उल्लेख गरिएको छ ।

बैठकमा कांग्रेसको समग्र आर्थिक नीति प्रस्ताव समितिका संयोजक सहमहामन्त्री डा. प्रकाशशरण महतले आर्थिक नीति र प्रस्तावको सारांश पेस गरेका थिए । नेकपा नेतृत्वको सरकार गठनयता वैदेशिक लगानी ७५ प्रतिशत घटेको, आन्तरिक लगानी बढ्न नसकेको र पुँजी पलायनका संकेत देखिएको प्रस्तावमा उल्लेख छ ।

बढ्दो व्यापार घाटा, अकासिँदो ब्याजदर र उच्च करको मारबाट लगानी निरुत्साहित भएको कांग्रेसको निष्कर्ष छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’ लक्ष्य कागजमा मात्र सीमित हुन पुगेको पनि कांग्रेसले गरेको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर