newskoseli.Com

निर्मला हत्या : आईजीपी आफैं खटिए सोधपुछमा !

निर्मला पन्त बलात्कार र हत्या प्रकरणले प्रहरीको नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं समेत सोधपुछमा खटिएका छन् ।

काठमाडौंमा पक्राउ परेका युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं सीआईबीमा पुगेको स्रोतले बतायो । घटनामा उनको संलग्ना हुन सक्ने प्रबल सम्भावना रहेको ‘ब्रिफिङ’ का आधारमा प्रहरी महानिरीक्षक आफैं सोधपुछमा खटिएका हुन् ।

विगतमा सीआईबीबाट भएको अनुसन्धान विवादमा परेकाले पनि आर्इजीपी आफैं खटिएका हुन् । सोधपुछका क्रममा उनको संलग्नताको धेरै ‘क्लु’ हरू मिलेको प्रहरी स्रोत बताउँछ । बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ ।

यही आशंकामा चार जना पक्राउ परेका छन्, एक जना काठमाडौंमा र तीन जना महेन्द्रनगरमा । सामूहिक बलात्कार गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौं आएपछि पक्राउ परेको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर